प्रेस विज्ञप्ति
शोक वक्तव्य-रामप्यारी बर्मा-कमल विके 'निर्मोही'
नेपाल पत्रकार महासंघ बाँके शाखामा स्थापित ‘राम आधार–राम प्यारी पत्रकारिता पुरस्कार’ का अक्षयकोष दाता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रा निवासी समाजसेवी माधव राम बर्मा (कुर्मी) की ममतामयी आमा राम प्यारी बर्मा (कुर्मी) को २०८२ फागुन १५ गते शुक्रबार ९४ वर्षको उमेरमा भएको निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ ।
Shok Baktavya_Rampyari.pdf
PDF • 151.36 KB
नेपाल पत्रकार महासंघ बाँके शाखामा स्थापित ‘राम आधार–राम प्यारी पत्रकारिता पुरस्कार’ का अक्षयकोष दाता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ फुल्टेक्रा निवासी समाजसेवी माधव राम बर्मा (कुर्मी) की ममतामयी आमा राम प्यारी बर्मा (कुर्मी) को २०८२ फागुन १५ गते शुक्रबार ९४ वर्षको उमेरमा भएको निधनले महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको छ । शोकको यस घडीमा हामी शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । माधव रामले बुवा राम आधार र आमा राम प्यारीको नामबाट १ लाख ११ हजार रूपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । बाँके शाखाले आफ्नो साधारणसभामा उक्त कोषको ब्याजबाट प्राप्त हुने रकम शिक्षा तथा सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने दुई जना पत्रकारलाई पुरस्कार स्वरुप प्रदान गर्दै आइरहेको छ ।
यस्तै नेपालगन्ज–१० सुगन्ध–विनायक टोल निवासी वरिष्ठ सञ्चारकर्मी एवम् लोक गायक कमल विके ‘निर्मोही’ को २०८२ फागुन १२ गते मंगलबार ६४ वर्षको उमेरमा भएको निधनप्रति पनि बाँके शाखा शोक व्यक्त गर्दछ । पत्नी वियोगको एक महिना पनि नवित्दै दिवंगत हुनुभएका निर्मोहीको आत्माको चीर शान्तिको कामना गर्दछौँ । साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।

प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-03-12 14:37