प्रेस विज्ञप्ति
कार्यसमितिको २८औं बैठकका निर्णयः असोज १५ गते
28th Meeting_2083-06-15.pdf
PDF • 127.71 KB
नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८३ असोज १४ गते बुधबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
निर्णयहरूः
१. तोकिएको मितिमा सदस्यता नवीकरण गरेका शाखाका साधारण सदस्यहरूको विवरण नेपाल पत्रकार महासंघ बाँके शाखाको फेसबुक पेज र वेभसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरिएको छ । साथै नवीकरण विवरण प्रदेश समितिमा पठाउने तथा सदस्यता शुल्क विधान बमोजिम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको खातामा दाखिला गर्ने निर्णय समेत गरिएको छ ।
२. नेपालीहरूका महान् पर्व विजयादशमी, दिपावली, नेपाल सम्बत् ११४७ र छठ पर्वको अवसरमा असोज २८ गते बुधबारका दिन शाखाको सभाहलमा शाखाका पूर्व कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूको समेत उपस्थितिमा 'शुभकामना आदानप्रदान कार्यक्रम' को आयोजना गर्ने निर्णय गरिएको छ ।

प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-10-01 13:46