प्रेस विज्ञप्ति
'संवेदनशील घटनालाई भ्यूज र स्वार्थको साधन नबनाऔँ'
Press Release_Kohalpur Medical Issue.pdf
PDF • 189.6 KB
प्रेस विज्ञप्ति
२०८३ असोज १७ गते शनिबार बाँकेको कोहलपुरस्थित एक मेडिकलमा युवतीको स्वास्थ्य चेकजाँचका क्रममा भएको भनिएको घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न सामग्री सार्वजनिक भइरहेको र त्यस क्रममा पत्रकार तथा पत्रकारितालाई समेत अनावश्यक रूपमा जोड्ने काम भइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारिता सत्य, तथ्य, सन्तुलन र जिम्मेवारीमा आधारित पेशा हो । पत्रकार तथा सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्दै घटनासँग जोडिएका व्यक्तिको गोपनीयता, मर्यादा र संवेदनशीलताको पूर्ण सम्मान
गर्नुपर्छ । विशेषगरी युवती तथा संवेदनशील प्रकृतिका घटनामा पहिचान खुल्ने विवरण, तस्बिर वा भिडिओ सामग्री सार्वजनिक गर्दा थप क्षती पुग्न सक्ने भएकाले विशेष सतर्कता आवश्यक हुन्छ ।
यस घटनाका सन्दर्भमा मिडियाका नाममा तथ्यको पुष्टि र गोपनीयताको ख्याल नगरी भिडिओ सामग्री प्रसारण गर्ने, संवेदनशील विषयलाई सनसनीपूर्ण बनाउने तथा भ्यूज, फलोअर्स वा आर्थिक लाभ (डलर) प्राप्त गर्ने उद्देश्यले सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रवृत्ति पत्रकारिताको मर्यादासँग पटक्कै मेल खाँदैन । यस्तो प्रवृत्ति पत्रकारिता होइन । यसले पत्रकारिताको विश्वसनीयता र मर्यादामाथि नै प्रश्न उठाउँछ । यस्ता गतिविधिले पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाउने भएकाले सम्बन्धित सबैलाई जिम्मेवार र संयमित बन्न महासंघ आग्रह गर्दछ ।
सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा पोस्ट वा प्रसारित भएको प्रत्येक सामग्री पत्रकार वा सञ्चार माध्यमले तयार गरेको हुँदैन । त्यसैले सामाजिक सञ्जालमा देखिएका सामग्रीका आधारमा समग्र पत्रकारिता र पत्रकारलाई आरोपित गर्नु पनि उचित हुँदैन । कुनै व्यक्ति वा संस्थाबाट आचारसंहिता विपरीत कार्य भएको भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखाले यस विषयलाई सूक्ष्म रूपमा नियालिरहेको छ । पत्रकारिता र सञ्चार माध्यमको नाम प्रयोग गरी आचारसंहिता तथा पत्रकारिताका आधारभूत मूल्य विपरीत हुने गतिविधि भएमा त्यसको आवश्यक अध्ययन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ । नेपाल पत्रकार महासंघ बाँके शाखा आफ्ना सदस्य वा पत्रकारिताको आवरणमा पत्रकार आचारसंहिता, व्यावसायिक मर्यादा र मानवीय संवेदना विपरीत हुने कुनै पनि गतिविधिप्रति कठोर
रहनेछ । महासंघका सदस्यबाटै यस्ता अवाञ्छित गतिविधि भएको पुष्टि भएमा महासंघले त्यसलाई कुनै पनि बहानामा संरक्षण नगरी निर्ममतापूर्वक तथ्यका आधारमा प्रस्तुत गर्ने र आवश्यक संस्थागत पहल गर्ने स्पष्ट गर्दछ । तर, कुनै व्यक्ति वा संस्थाबाट भएको कमजोरीलाई आधार बनाएर समग्र पत्रकार, सञ्चार माध्यम वा नेपाल पत्रकार महासंघलाई एउटै डालोमा राखेर नहेर्न महासंघ सबैमा आग्रह गर्दछ ।
महासंघ पत्रकार तथा सञ्चार माध्यमलाई भ्यूज र आर्थिक लाभ भन्दा सत्य, तथ्य, सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल धर्मलाई प्राथमिकता दिन तथा सामाजिक सञ्जाल प्रयोगकर्ता र आम नागरिकलाई समेत अपुष्ट तथा संवेदनशील सामग्रीको प्रचार–प्रसार नगर्न अपील गर्दछ ।
कृष्ण ओली
सचिव

प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-10-05 16:02