प्रेस विज्ञप्ति

पत्रकार महासंघ बाँकेको १५औं साधारणसभामा जारी 'नेपालगञ्ज घोषणापत्र'

Nepalgunj Declaration_15th Convention.pdf

PDF • 351.47 KB

डाउनलोड गर्नुहोस्
नेपालगन्ज घोषणापत्र– २०८३

बाँकेको नेपालगन्जमा २०८३ जेठ ९ गते शनिबार सम्पन्न नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ वार्षिक साधारणसभा सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै यो घोषणापत्र जारी गर्दछ ।

१.बाँकेमा विद्युत अनियमित हुँदा जिल्लामा सञ्चालित मिडियाहरू सञ्चालनमा कठिनाई भएकाले नियमित रूपमा विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग जोडदार माग गर्दछ ।
२.कुनै पनि बाहानामा पत्रकार र सञ्चारमाध्यममाथि हुने आक्रमण, धाकधम्की, त्रासका घटनाको भत्र्सना गर्दै पत्रकारले निर्बाध रूपमा समाचार संकलन गर्न पाउने व्यवस्था गर्न तीन तहकै सरकारसँग माग गर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाका दोषीमाथि तत्कालै कारबाही गर्न र पीडित पत्रकारलाई राहत तथा क्षतिपूर्ति दिएर पत्रकार र सञ्चारमाध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन जोडदार माग गर्दछ ।
३.सरकारी विज्ञापन निजी तथा सामुदायिक मिडियालाई पनि उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारलाई पनि लोककल्याणकारी र समानुपातिक विज्ञापनको नीति अवलम्वन गर्न माग गर्दछौँ ।
४.सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट भ्यूज बटुल्न बढाइचढाइ गरेर प्रस्तुत गर्ने, लान्छना लगाउने, दोषी करार गर्ने आफैँ वकिल, आफैँ न्यायाधीश बनेर गर्ने सञ्चार कर्मलाई पत्रकारिता ठानेर राज्यका निकाय, राजनीतिक दल र सामाजिक अगुवाहरूले दोष जति सबै पत्रकार र मूलधारका मिडियालाई दिने प्रवृत्ति बढ्दो छ । कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर, टिकटकर, यूट्युबर र सामाजिक मिडिया प्रयोगकर्ता तथा पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन जस्ता मूलधारका मिडियामा समाचार र समाचारीय सामग्री सम्बन्धी काम गर्ने श्रमजीवी पत्रकारबीचको कर्म भेद बुझेर मात्र टिप्पणी गर्न सम्बद्ध सबैलाई ध्यानाकर्षण गर्दछ ।
५.सत्य, तथ्य तथा सन्तुलित समाचार लेख्न तथा पत्रकार आचारसंहिता पूर्ण पालना गर्न पनि साधारणसभा सम्पूर्ण श्रमजीवी पत्रकारसँग आग्रह गर्दछ ।

६.जिल्लाका सबै स्थानीय तहले हरेक वर्ष लाखौँ रकम विनियोजन गर्ने मिडिया प्रबद्र्धनका कार्यक्रमहरू पारदर्शी नहुँदा व्यक्ति विशेषले मात्र लाभ लिइरहेका छन् । जिल्लाबाट सञ्चालित सञ्चार गृह आर्थिक संकटमा परेर बन्द भएका र बन्द हुने स्थितिमा छन् । स्थानीय मिडियाको दिगोपन र श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धि गर्न मिडिया लक्षित कार्यक्रमबाट लाभ दिलाउन जिल्लाका सबै स्थानीय तहमा सञ्चार नीति निर्माण गर्न र भएका सञ्चार नीति कार्यान्वयनका लागि ऐन, नियम, कार्यविधि र निर्देशिका जारी गरी कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।
७.नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औं वार्षिक साधारणसभामा पुरस्कृत हुनुभएका सम्पूर्ण पत्रकारहरू र सञ्चार संस्थालाई हार्दिक बधाई दिँदै आगामी दिनमा पनि सत्य, तथ्य, सन्तुलित र खोजमूलक पत्रकारिताको लागि कामना गर्दछौँ ।
८.नेपाल पत्रकार महासंघ बाँकेका केन्द्रीय परिषद् सदस्य खम्बप्रसाद पुनकी ममतामयी माता नदी मगर्नीको निधन भएकोमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोक सन्तप्त परिवारजनमा यो साधारणसभा गहिरो समवेदना प्रकट गर्दछ ।

अन्त्यमा, महासंघ बाँके शाखाको १५औँ वार्षिक साधारणसभालाई भव्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू र सम्पूर्ण सभासद्हरूलाई धन्यवाद ज्ञापन गर्दछ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-05-24 05:51

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

गाभर बैठकका निर्णयः २०८३ असार ३१

पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध