प्रेस विज्ञप्ति

पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठकका निर्णय (२०८३ जेठ २४)

DWC Meeting_02_23_2083.pdf

PDF • 166.45 KB

डाउनलोड गर्नुहोस्
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८३ जेठ २३ गते शनिबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।

निर्णयहरूः

१. बाँकेका स्थानीय तहहरूलाई आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । साथै, सञ्चार नीति नबनाएका स्थानीय तहलाई आगामी आर्थिक वर्षभित्रै नीति बनाउन तथा सञ्चार नीति बनाइसकेकालाई आवश्यक कानुनी व्यवस्था गरी प्रभावकारी कार्यान्वयनका लागि आग्रह गर्ने निर्णय गरिएको छ ।

२. नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिमका अध्यक्ष केशव पराजुलीलाई गम्भीर प्रकृतिको रोगका कारण उपचारमा आर्थिक कठिनाई उत्पन्न भएको र पराजुलीको उपचार सहयोगका लागि नवलपरासी पश्चिम शाखाले गरेको आग्रह बमोजिम बाँके शाखाको तर्फबाट रु. १०,००० आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको छ ।

३. नेपाल पत्रकार महासंघले नेपाल सरकारको गत चैत १८ गतेको सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संंविधान संशोधनको पहल र निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि थप दबाबमूलक आन्दोलनका घोषणा गरेकोमा बाँके शाखाले पनि केन्द्रको सर्कुलर प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-06-07 13:27

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके

महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध