प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा असोज ५ गते आइतबार जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको ध्यानाकर्षण भएको छ ।

549590649_1250155420487463_3269009607481591287_n.pdf

PDF • 43.55 KB

डाउनलोड गर्नुहोस्
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव एवम् गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत गोविन्द शर्मामाथि रिपोर्टिङको क्रममा असोज ५ गते आइतबार जिल्ला प्रशासन कार्यालय बाँके परिसरमा भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको ध्यानाकर्षण भएको छ ।
जेन–जी आन्दोलनमा भदौ २४ गते आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेको पछिल्लो अवस्थाबारे रिपोर्टिङका क्रममा (तस्बिर लिन खोज्दा) बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अनुमति नलिएर किन तस्बिर लिएको भन्दै अस्वभाविक व्यवहार देखाएको घटनाले आफूलाई असुरक्षित महसुस गराएको बाँके शाखाका साधारण सदस्य समेत रहनुभएका शर्माले बताउनुभएको छ ।
परिचय दिँदादिँदै पनि प्रमुख जिल्ला अधिकारी जोशीले सुरक्षाकर्मीलाई के हेरेर बसेको भनेर निर्देशन गर्नुले स्वतन्त्र पत्रकारितामा अवरोध गरेको र आफूलाई आतंंकित बनाएको महसुस भएको उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ बाँके शाखा उक्त घटनाप्रति खेद व्यक्त गर्दै आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराउँदछ । साथै सञ्चारमैत्री तथा सुरक्षित वातावरण निर्माणका लागि सम्बद्ध सबैमा अपिल गर्दछौँ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2025-08-04 09:49

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके

महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठकका निर्णय (२०८३ बैशाख ११ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारणसभा २०८३ जेठ ९ गते शनिबार आयोजना गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठक (२०८२ चैत ३ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८३ सालको आफ्नै भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध