प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठक (२०८२ माघ ५ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८२ माघ ५ गते सोमबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
निर्णयहरूः
१. प्रेस स्वतन्त्रता Pसेनानी एवम् नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’ को छैठौँ स्मृति दिवस माघ १५ गते मनाउने निर्णय गरिएको छ । साथै उक्त अवसरमा ‘फेक’ समाचारलाई निरुत्साहित गर्ने उद्देश्यले ‘फ्याक्ट चेक–अन्तरसंवाद’ कार्यक्रम आयोजना गर्ने निर्णय समेत pगरिएको छ ।
२. नेपाल प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको विशेष उपस्थितिमा यही माघ १९ गते नेपालगन्जमा ‘आमसञ्चार माध्यम र आचारसंहिता कार्यान्वयन’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।
३. आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवद्र्धन गर्न मिडियाकर्मी तथा सञ्चारमाध्यमलाई आह्वान गर्ने निर्णय गरिएको छ ।
प्रकाशक: FNJ Admin
प्रकाशित: 2026-01-20 03:48

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके

महासंघ स्पष्ट पार्दछ– पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि हाम्रो मूल्य, मान्यता र धर्मभित्र पर्दैन । आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्नेछ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठकका निर्णय (२०८३ बैशाख ११ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको १५औँ साधारणसभा २०८३ जेठ ९ गते शनिबार आयोजना गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँकेको कार्यसमिति बैठक (२०८२ चैत ३ गते)

नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८३ सालको आफ्नै भित्तेपात्रो प्रकाशन गर्ने निर्णय गरिएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध