प्रेस विज्ञप्ति

कार्यसमितिको २६औं बैठकका निर्णयः साउन ३१ गते

Meeting_Press Release_02-05-2083.pdf

PDF • 160.35 KB

डाउनलोड गर्नुहोस्
प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८३ साउन ३१ गते आइतबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।

निर्णयहरूः
१. नेपाल पत्रकार महासंघ, बाँके शाखालाई नेपालगन्ज उपमहानगरपालिकाबाट भोगाधिकार उपलब्ध गराइएको, हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ स्थित क्षेत्रफल २ (दुई) कट्ठा १४.५ (साढे चौध) धुर जग्गामा महासंघको कार्यालय भवन निर्माण भई हाल संस्थाको कार्यालय सञ्चालनमा रहेको तथा उक्त जग्गा महासंघको संस्थागत प्रयोजनका लागि निरन्तर आवश्यक रहेको हुँदा, प्रचलित कानून तथा सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ बमोजिम उक्त जग्गाको भोगाधिकारलाई लिजमा परिणत गरी नेपाल पत्रकार महासंघ, बाँकेको नाममा लिज उपलब्ध गराउनका लागि माग गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ ।
२. हिन्दु महिलाहरूको महान् चाड हरितालिका (तीज) को अवसरमा यही भदौ २१ गते आइतबारका दिन ‘तीज मिलन’ (पत्रकार महिलाहरूलाई दर खुवाउने) तथा पत्रकार महिलाहरूकै बीचमा ‘तीज विशेष कविता’ प्रतियोगिता आयोजना गर्ने र त्यसको तयारी तथा व्यवस्थापनको जिम्मा महिला विभागलाई दिने निर्णय गरिएको छ ।
३. नेपाल पत्रकार महासंघ बाँके शाखामा आवद्ध साधारण सदस्यहरूको सदस्यता नवीकरणको समयावधि यही भदौ १५ गतेसम्म थप गर्ने निर्णय गरिएको छ ।
४. नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ताको ९८औँ जन्मजयन्तिको अवसरमा यही भदौ २७ गते शनिबार निःशुल्क ‘स्वास्थ्य जाँच शिविर’ आयोजना गर्ने निर्णय गरिएको छ ।
प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-08-18 15:08

अन्य प्रेस विज्ञप्तिहरू

प्रेस विज्ञप्ति

गाभर बैठकका निर्णयः २०८३ असार ३१

पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूरा पढ्नुहोस् → डकुमेन्ट उपलब्ध