प्रेस विज्ञप्ति
कार्यसमिति बैठक
नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८२ असोज २ गते बिहीबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
aars.pdf
PDF • 127.55 KB
नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८२ असोज २ गते बिहीबारका दिन बाँके शाखाको कार्यालयमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
निर्णयहरूः
१.नेपालीहरूका महान् पर्व विजयादशमी, दिपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वको अवसरमा असोज ८ गतेका दिन शाखाको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।
२. नेपाल पत्रकार महासंघ बाँके शाखाले निर्माण गरेको आफ्नो ‘वेबसाइट’ असोज ८ गते शुभारम्भ गर्ने निर्णय गरिएको छ ।
३. २०८१ र २०८२ सालको सदस्यता नवीकरण गर्नुभएका शाखाका १८७ जना साधारण सदस्यहरूको नवीकरण विवरण प्रदेश समितिमा पठाउने तथा सदस्यता शुल्क विधान बमोजिम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको खातामा दाखिला गर्ने निर्णय गरिएको छ ।

प्रकाशक: FNJ Admin
प्रकाशित: 2025-08-02 03:41