हार्दिक अपील !
निर्वाचन अवधिमा उच्च मनोबलका साथ कार्यस्थलमा खटिन र जिम्मेवार पत्रकारितामार्फत निर्वाचन प्रक्रियालाई सफल बनाउने भूमिका निर्वाह गर्न महासंघ आग्रह गर्दछ । निर्वाचनको समयमा पत्रकारहरूलाई समाचार संकलन, लेखन र प्रशारणमा कुनै पनि अवरोध नगर्न आग्रह गर्दै सूचना तथा प्रशारण विभागबाट ‘पत्रकार परिचय पत्र’ प्राप्त गरेका वा महासंघ बाँके शाखाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पत्र लिएका पत्रकारहरूलाई निर्वाध रूपमा आवतजावतको भरपर्दो ब्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।
Apeal.pdf
PDF • 202.03 KB
सत्य, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्दै व्यवसायिक मर्यादा र पत्रकारिताको आचारसंहिता पालना गर्न महासंघ सम्पूर्ण पत्रकारहरूलाई आह्वान गर्दछ । पत्रकारहरूका लागि निर्वाध रिपोर्टिङको व्यवस्था मिलाउन पनि हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । निर्वाचन अवधिमा उच्च मनोबलका साथ कार्यस्थलमा खटिन र जिम्मेवार पत्रकारितामार्फत निर्वाचन प्रक्रियालाई सफल बनाउने भूमिका निर्वाह गर्न महासंघ आग्रह गर्दछ । निर्वाचनको समयमा पत्रकारहरूलाई समाचार संकलन, लेखन र प्रशारणमा कुनै पनि अवरोध नगर्न आग्रह गर्दै सूचना तथा प्रशारण विभागबाट ‘पत्रकार परिचय पत्र’ प्राप्त गरेका वा महासंघ बाँके शाखाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पत्र लिएका पत्रकारहरूलाई निर्वाध रूपमा आवतजावतको भरपर्दो ब्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं । निर्वाचनमा खटिने पत्रकारहरूको भौतिक सुरक्षा र पेशागत अधिकार सुनिश्चित गर्न पनि हामी सरोकारवाला पक्षलाई सचेत गराउँदछौं । संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै निर्वाचन आचारसंहिताको पूर्ण परिपालनामा प्रतिबद्ध रहन पनि महासंघ बाँके शाखा सबै सञ्चारकर्मीहरूलाई हार्दिक अपील गर्दछ । निर्वाचन लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएकाले यसलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन पत्रकार एवम् सञ्चार माध्यमहरूको भूमिका अत्यन्त संवेदनशील र जिम्मेवारपूर्ण हुन्छ । लोकतन्त्रको सुदृढीकरणका लागि जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको दोहोर्याउँदै महासंघ बाँके शाखा सबै सञ्चारकर्मीलाई संयमित, तथ्यपरक र विश्वसनीय सूचना सम्प्रेषणमा प्रतिबद्ध रहन पुनः आग्रह गर्दछ ।
साथै, फागुन १८ गते हिमाली र पहाडी तथा फागुन १९ गते तराईका जिल्लाहरूमा धुमधामका साथ मनाइँदै गरेको ‘होली पर्व’ को अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं