प्रेस विज्ञप्ति

गाभर बैठकका निर्णयः २०८३ असार ३१

पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

Gavar Meeting_03_31_2083.pdf

PDF • 170.91 KB

डाउनलोड गर्नुहोस्
प्रेस विज्ञप्ति-

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यसमिति बैठक २०८३ असार ३१ गते बुधबारका दिन बाँकेको पर्यटकीय क्षेत्र गाभर भ्यालीमा शाखाका अध्यक्ष श्री नवीन गिरीको अध्यक्षतामा बसी निम्न अनुसार निर्णयहरू गरिएको छ ।
निर्णयहरूः
१. नेपाल पत्रकार महासंघ बाँके शाखाको २०८१ मंसिर २८ गते सम्पन्न निर्वाचनमा खुला उपाध्यक्ष पदमा तिलक गाउँले र रेजिना मल्लले बराबर मत प्राप्त गरेपछि भएको आपसी समझदारी अनुसार उपाध्यक्ष तिलक गाउँलेले आधा कार्यकाल (डेढ वर्ष) सफलतापूर्वक पूरा गरिसकेको हुँदा उक्त सहमति अनुरूप बाँकी आधा कार्यकाल
(डेढ वर्ष) का लागि रेजिना मल्ललाई उपाध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।
२. पछिल्लो समय ‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जतिखेर, जहाँसुकै र जस्तोसुकै अवस्थामा पनि स्वतः आफ्नो पहुँच र प्रभाव स्थापित हुन्छ भन्ने गलत मानसिकताबाट प्रेरित भई पत्रकारिताको नाममा भइरहेका केही गतिविधिले पत्रकारिता पेशाको गरिमा, पेशागत आचारसंहिता, नैतिक मूल्यमान्यता तथा जनविश्वासमाथि गम्भीर प्रश्न उठाइरहेकोप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारिताको नाममा गरिने यस्ता गैरजिम्मेवार, अमर्यादित तथा आचारसंहिता विपरीतका गतिविधि पत्रकारिता कर्मको परिभाषाभित्र नपर्ने स्पष्ट गर्दै सत्य, तथ्य, निष्पक्षता, व्यावसायिकता, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्वमा आधारित पत्रकारितालाई आत्मसात् गर्न सम्पूर्ण सञ्चारकर्मीलाई आग्रह गर्ने निर्णय गरिएको छ ।
३. शाखाले चालू आर्थिक वर्षमा वार्षिक कार्ययोजना अनुसार सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिहरू उपलब्धिमूलक, प्रभावकारी र साधारण सदस्यकेन्द्रित रहेको निष्कर्ष निकाल्दै आगामी आर्थिक वर्षमा पनि पत्रकारको पेशागत क्षमता अभिवृद्धि, संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण तथा सदस्य हितलाई केन्द्रमा राखी अझ योजनाबद्ध, प्रभावकारी र गतिशील रूपमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
४. बाँके जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य ‘गाभर भ्याली’ तथा ‘होमस्टे’ संस्कृतिको प्रवद्र्धन, स्थानीय पर्यटनको विकास, प्राकृतिक सम्पदाको संरक्षण र वातावरणीय सचेतना अभिवृद्धिका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग सहकार्य गर्दै प्रचारप्रसारमूलक तथा जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउने निर्णय गरिएको छ ।
प्रकाशक: Nabin Giri
प्रकाशित: 2026-07-18 13:56