समाचार
विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै हुलाकलाई ज्ञापनपत्र बुझाइँदै
2026-09-21
Nabin Giri
1260 पटक पढिएको
Nabin Giri द्वारा अपडेट गरिएको
नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । महासंघको केन्द्रीय आन्दोलन अन्तर्गत सोमबार बाँके शाखाले जिल्ला हुलाक कार्यालयलाई लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्रप्रकाश थारुलाई ज्ञापनपत्र हस्तान्तरण गरे ।