'विभेदकारी विज्ञापन नीति' अवज्ञा गर्न आह्वान गर्दै ज्ञापनपत्र बुझाइँदै
समाचार

'विभेदकारी विज्ञापन नीति' अवज्ञा गर्न आह्वान गर्दै ज्ञापनपत्र बुझाइँदै

2026-04-28
FNJ Admin
1464 पटक पढिएको
नेपाल पत्रकार महासंघ बाँकेले संघीय सरकारको 'विभेदकारी विज्ञापन नीति' अवज्ञा गर्न स्थानीय तहहरुलाई आह्वान गरेको छ । तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभेदकारी निर्णय र परिपत्रको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ । आन्दोलनकै क्रममा मंगलबार बाँके शाखाले जिल्ला समन्वय समितिको कार्यालय बाँकेमार्फत जिल्लाका स्थानीय तहलाई संघीय सरकारको निर्णय र परिपत्रको अवज्ञा गर्न आह्वान गर्दै जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरीलाई ज्ञापनपत्र बुझाएको छ । शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको टोलीले चौधरीमार्फत स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको हो ।

साझा गर्नुहोस्: