सरकारी विज्ञापन नीतिविरुद्ध ज्ञापनपत्र बुझाउन प्रशासन पुगेको पत्रकारको टोली
समाचार

सरकारी विज्ञापन नीतिविरुद्ध ज्ञापनपत्र बुझाउन प्रशासन पुगेको पत्रकारको टोली

2026-04-23
FNJ Admin
1741 पटक पढिएको
तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णय र परिपत्र विभेदकारी भएको भन्दै नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । केन्द्रिय कार्यक्रम अनुसार उक्त निर्णय र परिपत्रको विरोधमा नेपाल पत्रकार महासंघ बाँके शाखाले पनि आज जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको पत्रकारहरुको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाइएको हो । टोलीमा महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पूर्व शाखा अध्यक्षहरु निरज कुमार गौतम, झलक गैरे, सल्लाहकार प्रदिप वाग्ले लगायत दुई दर्जन बढी पत्रकारहरुको सहभागिता थियो ।

साझा गर्नुहोस्: