पत्रकार महासंघ बाँकेको कार्यालयमा अमेरिकी दूतावासका प्रवक्ता सेलिन
समाचार

पत्रकार महासंघ बाँकेको कार्यालयमा अमेरिकी दूतावासका प्रवक्ता सेलिन

2026-01-23
FNJ Admin
1828 पटक पढिएको
FNJ Admin द्वारा अपडेट गरिएको
बाँके शाखामा भिजिट गर्न पाउँदा आफूलाई खुसी लागेको सेलिनले बताए ।
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको कार्यालयमा अमेरिकी दूतावासका प्रवक्ता फ्रर्याङ्क सेलिन र दुतावासका सञ्चार विज्ञ अपार पौडेलले 'भिजिट' गरेका छन् । महासंघ अध्यक्ष नवीन गिरी लगायत पदाधिकारीसंग उनीहरुले जिल्लाको पत्रकारिताको अवस्था र भइरहेको अभ्यास तथा चुनौतिबारे छलफल गरेका हुन् । सेलिनले बाँके शाखाले गरिरहेको कामबारे जानकारी समेत लिएका थिए । बाँके शाखामा 'भिजिट' गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताए । सेलिनले बाँके शाखासंगको सहकार्यमा गर्न सकिने इभेन्टका विषयमा पनि चासो राखेका थिए । उनले त्यसका लागि सक्दो कोशिस गरिने समेत बताए ।

साझा गर्नुहोस्: