समाचार
१०६ पटक रक्तदान गरिसकेका जयसवाल सम्मानित
2025-12-21
FNJ Admin
601 पटक पढिएको
जयसवालले बर्षौंदेखि रक्तदान जस्तो पवित्र कार्य गर्दै मानव सेवा र कल्याणका लागि खेल्दै आउनुभएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको शाखा अध्यक्ष गिरीले बताए ।
नेपालगन्ज । १०६ पटक रक्तदान गरिसकेका पत्रकार पवन जयसवाल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले जयसवाललाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जका वरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जयसवाललाई दोसल्ला, अबिर र माला लगाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
जयसवालले बर्षौंदेखि रक्तदान जस्तो पवित्र कार्य गर्दै मानव सेवा र कल्याणका लागि खेल्दै आउनुभएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको शाखा अध्यक्ष गिरीले बताए । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना एवम् नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रमको अवसर पारेर जयसवाललाई सम्मान गरिएको हो ।