१०६ पटक रक्तदान गरेका जयसवाल सम्मानित
समाचार

१०६ पटक रक्तदान गरेका जयसवाल सम्मानित

2025-12-21
FNJ Admin
1061 पटक पढिएको
१०६ पटक रक्तदान गरेका पत्रकार पवन जयसवाल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ बाँके शाखाले जयसवाललाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जका वरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जयसवाललाई दोसल्ला, अबिर र माला लगाई सम्मान-पत्रसहित सम्मान गरेका हुन् ।

साझा गर्नुहोस्: