समाचार
'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' अन्तरक्रिया कार्यक्रम
2026-02-25
FNJ Admin
1427 पटक पढिएको
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचनका बेला पत्रकारहरुले अझ मर्यादित र जिम्मेवार भएर संचार कर्म गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा आयोजना गरेको 'निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता' विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष आचार्यले निर्वाचनको समयमा पालना गर्नुपर्ने आचारसंहितामा गम्भीर बन्नुपर्नेमा जोड दिँदै सन्तुलित समाचार सम्प्रेषणमा ध्यान दिनुपर्ने बताउनुभयो । पत्रकारहरुले पक्षधरता लिन नहुने प्रष्ट पार्दै उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन संचार माध्यम जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।