मिर्गौला परीक्षण गराउँदै पत्रकारहरु
समाचार

मिर्गौला परीक्षण गराउँदै पत्रकारहरु

2026-09-13
Nabin Giri
827 पटक पढिएको
प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको समन्वय तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा शनिबार पत्रकारका लागि निःशुल्क मिर्गौला परीक्षण शिविर आयोजना गरिएको हो । शिविरमा ७० जना पत्रकारहरुले मृगौला परीक्षण गराएका छन् ।

साझा गर्नुहोस्: