मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया
समाचार

मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया

2025-09-23
FNJ Admin
1418 पटक पढिएको
FNJ Admin द्वारा अपडेट गरिएको
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघको सहकार्यमा ‘मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता जारी गरिएको छ । साझा प्रतिबद्धतामा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले हस्ताक्षर गर्नुभएको छ । बाँकेका उद्योगी–व्यवसायी र जिल्लामा कार्यरत पत्रकारबीच बृहत अन्तरक्रिया कार्यक्रमबाट जिल्लाको उद्योग व्यवसाय क्षेत्रको उत्थान र यहाँको मिडियाको विकास र दिगोपनका लागि हातेमालो (सहकार्य) गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

साझा गर्नुहोस्: