समाचार
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिममा प्रमाणपत्र वितरण
2026-06-10
FNJ Admin
507 पटक पढिएको
बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालित तीन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि सञ्चालन भएको तालिम बुधबार एक समारोहका बीच समापन गरिएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।